नियम १७
वैदेशिक सहायता बजेटमा समावेश गर्नु पर्ने
(१) केन्द्रीय निकायले आफ्नो बजेट तथा कार्यक्रमसँग सम्बन्धित वैदेशिक सहायताको सम्झौता बमोजिम प्राप्त हुने नगद तथा वस्तुगत सहायतालाई वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्नु पर्नेछ।
(२) वैदेशिक सहायताबाट सञ्चालित आयोजनाले वार्षिक कार्यक्रम तयार गरी तालुक विभाग र मन्त्रालयमा पठाउँदा दातृपक्षसँग भएको वैदेशिक सहायता सम्झौताको विभिन्न शीर्षकमा उल्लिखित रकममध्ये चालू आर्थिक वर्षको अन्त्यसम्ममा खर्च हुने र आगामी आर्थिक वर्षको लागि बाँकी रहने रकमको विवरण अनुसूची-३, अनुसूची-४, अनुसूची-५ र अनुसूची-६ बमोजिमको ढाँचामा पठाउनु पर्नेछ। त्यस्तो विवरणमा उल्लिखित रकम वैदेशिक सहायता प्रदान गर्ने दातृपक्षको सहायता विवरण बमोजिम हुनु पर्नेछ।
(३) एउटै वैदेशिक सहायता सम्झौता अन्तर्गत प्राप्त भएको वैदेशिक सहायता एकभन्दा बढी निकायले उपयोग वा खर्च गर्ने भएमा अर्थ मन्त्रालयले सम्बन्धित केन्द्रीय निकायसँग परामर्श गरी त्यस्तो वैदेशिक सहायता उपयोग वा खर्च गर्ने निकायमध्येबाट एउटा निकायको प्रमुखलाई जिम्मेवारी तोक्नु पर्नेछ। त्यसरी जिम्मेवारी तोकिएकोमा त्यस्तो निकायको प्रमुखले र नतोकिएको भए त्यस्ता निकायमध्ये सबैभन्दा बढी सहायता उपयोग गर्ने निकायको प्रमुखले वैदेशिक सहायताको उपयोग तथा खर्च सम्बन्धी सम्पूर्ण विवरण समावेश गरी उपनियम (२) बमोजिम पठाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम प्राप्त विवरणको आधारमा अर्थ मन्त्रालयले वैदेशिक सहायता उपयोग गर्ने सबै निकायको उपस्थितिमा बजेट छलफल गर्नु पर्नेछ।